एसपी अपिलराज बोहराले पाए काठमाडौं प्रहरी परिसर प्रवक्ताको जिम्मेवारी

Post Views: 27 काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिलराज बोहराले पाएका छन् । काठमाडौं प्रमुख […]

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिलराज बोहराले पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले हिजो बुधबार एसपी बोहरालाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न बोहरालाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

एसपी बोहरालाई मोबाइल नम्बर 9851226983 वा इमेल ठेगाना Kathmandu spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिन्छ ।

Scroll to Top