नेपाली माया साट्न विदेशी गुलाफको भर, साढे चार करोडको कारोबारमा ७५ प्रतिशत आयातित

Post Views: 31 काठमाडौं । आजबाट प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ सप्ताह सुरु भएको छ । प्रत्येक वर्ष फेब्रुअरी ७ […]

काठमाडौं । आजबाट प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ सप्ताह सुरु भएको छ । प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे विशेषगरि १४ फेब्रुअरीमा मनाइन्छ । तर, त्यसअघिका प्रत्येक दिनमा भने प्रेम जोडीहरूले उत्सवकारुपमा मनाउँछन् ।

भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ मा रोज डेबाट सुरु हुन्छ । यस दिन प्रेमी जोडीहरूले आपसमा प्रेमभाव साट्नका लागि गुलाफको फूल आदानप्रदान गर्ने गर्छन् ।

सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ट इतिहास छ । रोमबाट सुरू भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ । भ्यालेन्टाइन डे नेपाली समाजले पनि सहज रूपमा लिइसकेको छ ।
‘भ्यालेन्टाइन डे’ सप्ताहको पहिलो दिन धेरैजसो प्रेमको प्रतीक रातो गुलाफको आदानप्रदान गरी माया साटासाट गरिन्छ । भ्यालेन्टाइन डेमा सबैभन्दा बढी गुलाफको फुल बिक्री हुन्छ । जसले गर्दा नेपाली बजारमा यो दिन गुलाफको फुलको बिक्री बढ्ने गर्छ ।

तर, यसरी नेपाली प्रेमीहरूले माया साट्न विदेशीको भर पर्नुपर्ने बाध्यता छ । नेपाली बजारमा माग हुने गुलाब धान्न नेपाली उत्पादनले भ्याउँदैन । एक अर्कालाई माया गर्छु भन्ने अनुभूति दिलाउन पनि विदेशी फूलको सहारा लिनुपर्ने बाध्यतामा नेपाली छन् ।

नेपाली बजारमा गुलाफ धेरैजसो भारतबाट आयात हुने गरेको छ । आन्तरिक उत्पादन कमजोर रहेकोले नेपालीले भारतीय उत्पादनमा नै निर्भर हुनु परेको फ्लोरिकल्चर एशोशिएसन अफ नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए । नेपाली बजारको माग धान्नेगरि गुलाब उत्पादन नहुने उनले जानकारी दिए ।

गुलाफ उत्पादनमा कमी हुने भएकोले बजारको माग धान्न नसकिने बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘अहिले जाडो सिजन छ । चिसो मौसममा गुलाफको उत्पादनमा कमी आउँछ । त्यसैले बाहिरबाट आयात गरि बजारको माग धान्नुपर्ने हाम्रो बाध्यता छ ।’

जाडो सिजनमा उत्पादनमा कमी हुने भएकोले बजारको माग धान्न नसकिने बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘अहिले जाडो सिजन छ । चिसो मौसममा गुलाफको उत्पादनमा कमी आउँछ । त्यसैले बाहिरबाट आयात गरि बजारको माग धान्नुपर्ने हाम्रो बाध्यता छ ।’

उनका अनुसार ‘भ्यालेन्टाइन डे’ सप्ताह शुरु भएकोले नेपाली बजारमा अहिले गुलाफको व्यापार बढेको थियो । यस अवधिमा ४ लाख २५ हजार स्टिम गुलाफको फूल नेपाली बजारमा खपत हुने अनुमान गरिएको छ ।

जसमा काठमाडौंमा २ लाख ५५ हजार र बाँकी एक लाख ७० हजार स्टिम काठमाडौं भ्याली बाहिरका जिल्लाहरूमा खपत हुने अनुमान गरिएको उनले बताए ।

‘बजार मागको करिब २५ प्रतिशत आन्तरिक उत्पादनले परिपूर्ति हुने अनुमान गरेका छौँ । बाँकी ७५ प्रतिशत आयातितले धान्छ’, अध्यक्ष श्रेष्ठले भने ।

नेपाली बजारमा फूलको गुणस्तर अनुसार प्रति स्टिम उपभोक्ता मूल्य ९० देखि १२० रुपैयाँको हाराहारी पर्छ । ‘भ्यालेन्टाइन डे’ सप्ताहभर करिब ४ करोड ६७ लाख रुपैयाँ बराबरको व्यावसायिक कारोबार हुने अनुमान गरिएको समेत उनले जानकारी दिए ।

गत वर्षको सोही अवधिमा ३ लाख ५० हजार स्टिम गुलाफको कारोबार भएको थियो । त्यसबेला प्रति स्टिम ८० रुपैयाँ देखि १२० रुपैयाँको हाराहारीमा थियो । प्रणय दिवसमा धेरै जसो रातो गुलाफको माग बढी हुन्छ । विशेषतः डच र टाटा गुलाफको माग बढी हुन्छ । पुष्प व्यवसायीद्वारा प्रणय दिवसलाई लक्षित गरी भारतबाट सोही अनुसारको गुलाफ आयात गरेका छन् ।

बजारको मागको झण्डै ६० प्रतिशत काठमाडौं उपत्यकामा मात्र खपत हुने गर्दछ भने बाँकी ४० प्रतिशत अन्य सहरहरूमा खपत हुने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Scroll to Top