नेपाल कराते महासंघ मधेश प्रदेश कार्यसमिति गठन अध्यक्षमा रामबाबु, सचिवमा लव

Post Views: 13 जनकपुरधाम । नेपाल कराते महासंघ मधेश प्रदेश कार्यसमिति गठन गर्नका लागि आठ वटा कराते संघ मिलेर महासंघ […]

जनकपुरधाम । नेपाल कराते महासंघ मधेश प्रदेश कार्यसमिति गठन गर्नका लागि आठ वटा कराते संघ मिलेर महासंघ कार्यसमिति गठन गरिएको छ ।
बन्द सत्र बाट नेपाल कराते महासंघ मधेश प्रदेश कार्यसमितिको अध्यक्षमा रामबाबु साह चयन भएका छन् भने उपाध्यक्ष पदमा राकेश कुमार पाठक र अनिल पाण्डेय चयन भएका छन् । महासंघको सचिवमा लव कुमार अधिकारी, कोषाध्यक्षमा दीपक कुमार खड्का चयन भएका छन् । कुल १९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

महासंघका सचिव लव कुमार अधिकारीले कराते खेलाडीहरूको भविष्य सुनिश्चित गर्न महासंघले विशेष रणनीति अवलम्बन गर्ने जानकारी गराए । उनले भने – यस महासंघको मुख्य उद्देश्य कराते खेलाडीहरूको हकहित संरक्षण गर्नुका साथै मधेश प्रदेशमा कराते खेललाई उच्च स्तरमा पुर्‍याउनु हो । हामी खेलाडीहरूलाई प्रशिक्षण, प्रतियोगिता र अवसर प्रदान गर्न निरन्तर क्रियाशील रहने बताए ।

महासंघ गठन प्रक्रिया अन्तर्गत आयोजित बन्द सत्रको उद्घाटन संयोजक सुभाष कुमार पाठकले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष दिनेश कुमार सिंह उपस्थित थिए ।

यस महासंघको गठनमा नेपाल सोतोकान कराते संघ, नेपाल गोजु-रियो कराते संघ, नेपाल सितोरियो सोबुकान कराते डो संघ, नेपाल वादोकाई कराते संघ, गोजु-रियो ओसिकाई कराते संघ, नेपाल सितोरियो कराते संघ, तथा आई डब्ल्यू एफ एन कराते डो संघको संयुक्त पहल रहेको छ ।

कराते खेलको प्रवर्द्धन र विकासलाई अझ व्यवस्थित बनाउने उद्देश्यले महासंघ गठन गरिएको आयोजकहरूले बताएका छन् ।