Post Views: 49
बर्षौँदेखि नबनाएको चक्रपथमा चिनियाँ नयाँबर्ष मनाउँन चिनियाँ दुतावासलाई बालेनको सुझाव
चिनियाँ दूतावासका डपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र उनीहरूको नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए ।
तर महानगरले कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गर्दै कार्यक्रम गर्ने भए ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्नु भन्दै जवाफ पठाएको छ ।
चक्रपथको त्यो सडक चिनियाँ कम्पनीले टेन्डर पारेर अलपत्र पारेको छ । काठमाण्डौ महानगरले यस अगाडि त्यो क्षेत्रमा केहि काम नगरेको भन्दै बोर्ड राखेको थियो, जसको विरूद्धमा सडक विभागले सार्वजनिक सूचना निकालेको थियो । सोही विवाद बढ्दै जाँदा महानगरले सडक विभाग अगाडि फोहोरको फ्यालिदिएको थियो ।