वीरगञ्जमा साढे ५८ लाखको हिरा र सुनका गहना रहेको झोला भेटियो

Post Views: 5 वीरगन्ज । वीरगन्जमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको झोलाबाट साढे ५८ लाख रुपैयाँ बढीको हिरा र […]

वीरगन्ज । वीरगन्जमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको झोलाबाट साढे ५८ लाख रुपैयाँ बढीको हिरा र सुनका गहना रहेको पाइएको छ ।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले गत शनिबार वीरगन्ज भन्सारको मूल गेटको सडकमा भारतबाट आउने सवारी साधनको नियमित चेकजाँचका क्रममा एक सवारी साधनबाट एउटा बेवारिसे झोला बरामद गरेको थियो ।

उक्त झोलाबाट ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ मूल्यको हिरा र सुनका विभिन्न गहना भेटिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी डिएसपी नरेन्द्र सिंह धामीले जानकारी दिए ।

उनका अनुसार उक्त झोलाबाट हिरा जडित बाला १० थान, ब्रासलेट १ थान, फेन्सी ब्रासलेट ९ थान, औंठी ४ थान , सुनको मंगलसूत्र ४ थान, अन्य गहना ११ थान, लकेट ४ थान, झुम्का १३ थान र कानको टप ६ जोर बरामद भएको हो ।

बरामद हिरा र सुनको गहना आइतबार पर्सा सुनचाँदी व्यवसायी संघमा लगेर जाँच गराएर मूल्यांकन गराउँदा ती गहना हिरा र सुनकै भएको प्रमाणित भएको उनले बताए । उनका अनुसार बरामद हिराका गहनाका बजार मूल्य ३६ लाख १५ हजार ८७ रुपैयाँ र सुनका गहनाको बजार मूल्य २२ लाख ५१ हजार ८ सय ४० गरी कूल ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ रहेको छ ।

बरामद हिरा र सुनका ती गहना आवश्यक कारबाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी डिएसपी धामीले जानकारी दिए । उक्त गहना कसले र किन ल्याएको भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको र त्यसबारेमा अनुसन्धान भइरहेको डिएसपी धामीले बताए ।

Scroll to Top