सनिश श्रेष्ठ बने केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी

Post Views: 10 काठमाडौं । मच्छिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मच्छिन्द्र […]

काठमाडौं । मच्छिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

मच्छिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद एक लाखसहित यमाहा–१२५ मोटरसाइकल हात पारे ।

उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मच्त्रिन्द्रकै स्टेफन जमाहा चुनिए । आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने । उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यमाहा–१२५ मोटरसाइकल हात पारे ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले तेस्रोपटक उपाधि जितेको थियो ।

Scroll to Top