जनकपुरधाम । नेपाल भारत सीमा नाका महिनाथपुरस्थित सशस्त्र प्रहरीले कडाई गरेपछि स्थानीयहरु आक्रोसित बनेका छन् ।
भारतबाट भन्सार छलीका समानहरु निर्वाध आउन थालेपछि महिनापुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजालले कडाई गरेका हुन् । भन्सार कटाएर मात्र समान लैजान उर्दी जारी गरेपछि स्थानीय सर्वसाधारणहरु डिएसपी रिजालविरुद्ध आन्दोलन सुरु गरेका छन् ।
आम सर्वसाधारणलाई समेत समान्य किनमेल गर्न नदिएको आरोप स्थानीयवासीहरुको छ । मोटो समान लिएर जानेलाई भन्सार लिनुपर्ने तथा समान्य घरायसी समान किनमेल गर्नेलाई समेत रोकटोक गरेपछि स्थानीयहरुले सशस्त्र प्रहरीविरुद्ध एकजुट भएका छन् ।
महिनाथपुर गुल्म अन्तर्गत पर्ने इनरवा, खजुरी, महिनाथपुर, दुहबी, धनौजी, इटहर्बा सीमा क्षेत्रमा डिएसपी रिजाल आएपछि भन्सार छलीका समानमा कडाई गरेका छन् । सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको गतिविधिप्रति विरोध जनाउँदै स्थानीय जनप्रतिनिधि तथा सयौं स्थानीय बासिन्दाले नाराबाजी गरेका छन् ।
विदेह नगरपालिका २ दुहबी-गोबराहीका स्थानीयहरुले सशस्त्र प्रहरीविरुद्ध खनिएका छन् । उनीहरुले डिएसपी रिजालले यहाँका स्थानीयलाई दुःख दिन थालेको आरोप छ ।
यस सन्दर्भमा विदेह नगरपालिकाका मेयर बेचन दासले महिनाथपुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजाल आएपछि घरायसी आवश्यकताका लागि पनि सीमापार जान नदिने गरेको र गाउँमा मात्रै तैनाथ रहेको प्रति स्थानीय आक्रोशित भएका छन् । हाल गाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ, जसलाई स्थानीय बासिन्दाले अनावश्यक निगरानीको रूपमा लिएको बताए ।
विरोध प्रदर्शनका क्रममा मेयर दासले चेतावनी दिँदै भने, “यदि सिसिटिभी हटाइएन भने मशाल जुलुस निकाल्नेछौं ।” उनका अनुसार, सीमावर्ती क्षेत्रका बासिन्दाहरू परम्परागत रूपमा सम्मान, भोजभतेर लगायतका गतिविधिका लागि सीमापार किनमेल गर्न जाँदै आएका थिए । तर, हाल शस्त्र प्रहरीका डिएसपी कडाइका कारण जनतालाई अनावश्यक सास्ती भएको उनले बताए ।
स्थानीय वडाध्यक्ष तथा सयौं स्थानीयको सहभागितामा भएको प्रदर्शनमा सरकारको नीतिको आलोचना गर्दै सीमा क्षेत्रमा सहज आवागमनको माग गरिएको छ । स्थानीय बासिन्दाहरूले आफ्नो परम्परागत जीवनशैलीलाई निरन्तरता दिन पाउनु पर्ने र शस्त्र प्रहरीले अनावश्यक हस्तक्षेप नगर्नु पर्ने माग राखेका छन् ।
प्रदर्शनका क्रममा ‘सिसिटिभी हटाऊ ’, ‘स्थानीयलाई दुःख दिन पाइँदैन’ जस्ता नाराहरू लगाइएका थिए । स्थानीय प्रशासनले भने सुरक्षाको कारण देखाउँदै सिसिटिभी जडान गरिएको र सीमा क्षेत्रमा कडाइ गरिएको बताएको छ ।