Post Views: 46
विपिन यादव
दिएर ब्रह्माण्ड अपुग छ कसैलाई, दुई वचन मिठो बोल्दा पनि अमृत छ कसैलाई, सोच हो कि विचार फरक भयो हामीबीच आफ्नो नभएर पनि आफ्नोपनको आभास छ कसैलाई।
तारा झारेर दिन्छु भनिन् कसैलाई, जीवन नै नामसारी गर्छु भनिनँ कसैलाई, दुखसुख साटासाट गरेर पनि खै के पुगेन कसैलाई।
एक्लै हिँड्नु छ यहाँ जिउनु छ एक्लै कसैलाई, साथै भएर पनि साथी भएन कसैलाई, कोही सँगै नहिँडेर पनि साथ छ कसैलाई, मान्छेपिच्छे फरक आभास छ कसैलाई।
बाटो फरक भएर पनि साथ चाहिएको छ कसैलाई, एउटै बाटो भएर पनि मूल्य छैन कसैलाई, फरक फरकका स्वभावका मान्छे छन् संसारमा सँगै हिँडेर पनि आफ्नो आभास छैन कसैलाई।
प्रेम भए त किन मूल्य तोकिन्थ्यो र माया भए किन अर्कोसँग ठोकिन्थ्यो र समय समयको बात अर्कै हुन्छ कि क्या हो, माया पनि व्यापार भएको छ कसैलाई।