Post Views: 21
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० जना डीएसपीहरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञान कुमार महतोलाई पठाइएको छ ।
प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द, महाराजगन्जमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्र राना र जिल्ला प्रहरी कार्यालय रसुवामा हेम शाही, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामा, गजुरीमा विकाश थापा र जिल्ला प्रहरी कार्यालय चितवनमा रवीन्द्र खनाललाई सरुवा गरिएको छ ।
रसुवामा कार्यरत केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ ।
बुटवलमा कार्यरत विजयराज पण्डितलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरुवा गरिएको छ । काँकडभिट्टामा कार्यरत डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।