जनकपुरको शहिद गंगालाल हृदय रोग केन्द्र अस्पताल बर्दिवास लग्ने तयारी

Post Views: 12 जनकपुरधाम । जनकपुरधामस्थित रहेको शहिद गँगालाल हृदय रोग केन्द्र अस्पताल बर्दिवास लगिने भित्री षडयन्त्र सुरु भएको खुलेको […]

जनकपुरधाम । जनकपुरधामस्थित रहेको शहिद गँगालाल हृदय रोग केन्द्र अस्पताल बर्दिवास लगिने भित्री षडयन्त्र सुरु भएको खुलेको छ ।

जनकपुरधामस्थित रहेको गँगालाल हृदय केन्द्रमै विशिष्ट सेवा विस्तार गर्ने घोषणापछि सो अस्पताल महोत्तरीको बर्दिवास लग्ने भित्री षडयन्त्र सुरु भएको बताईएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा उपचार सेवा पुर्‍याउने घोषणा अनुरुप जनकपुरधामस्थित सँचालनमा रहेको सो अस्पतालमा सेवा विस्तार गरी बर्दिवास सार्ने तयारी गरिएको हो ।

गत असोजमा केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा बाँकीको प्रदेशमा समेत गर्ने निर्णय अनुरुप जनकपुरको सो अस्पतालमै विशिष्ट श्रेणीको सेवा विस्तार गर्ने घोषणापछि अस्पताल बर्दिवास सार्ने तयारी भएको हो ।

अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले बागमति बाहेकका अन्य सबै प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ। यसअघि केन्द्रले मधेश प्रदेशमा सेवा दिँदै आइरहेको छ। उक्त सेवालाई थप विस्तार र व्यवस्थित गरिने निर्णय भईसकेको छ ।

मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्र्तगत क्यान्सर उपचार शुरु भैसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमार्फत विस्तार गर्ने घोषणा गरेका थिए।

जनकपुरधामस्थित सँचालनमा रहेको सो अस्पताललाई बर्दिवास सार्नको लागि त्यहाँका मेयरको दौडधुप बढेको बताईन्छ । यता, जनकपुरधामका मेयर मनोज कुमार साहलाई ५ महिना अगाडी नै यसबारे जानकारी गराइएपनि चासो भने लिइएको छैनन् ।

अस्पताल लैजाने भित्री तयारी जोडतोडले चलिरहेको बेला जनकपुरवासी भने मस्त निन्द्रामा सुतेका छन् ।

Scroll to Top