राजा माग्दै राप्रपाको विशाल मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन (फोटोफिचर)

Post Views: 13 काठमाडौं । राजसंस्था पुन:स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र […]

काठमाडौं । राजसंस्था पुन:स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्‍यालीको नेतृत्व गरेका छन् ।

राप्रपाले राजसंस्था पुन:स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्‍याली आयोजना गरेको हो । बबरमहलबाट निस्किएको र्‍याली दरवारमार्ग पुगेको छ । नारायणटिही दरवारको दक्षिण गेट अगाडि राप्रपाले प्रदर्शन गरिरहेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैंले चलाएर दरवारमार्ग पुगे । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । र्‍यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी छन् । (फोटोफिचर)

Scroll to Top