धम्क्याउँदै बार्गेनिङ गर्ने पत्रकारको नाम केही दिनमै सार्वजनिक गर्छु : भौतिक पूर्वाधार मन्त्री यादव

Post Views: 11 जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले आफूलाई धम्क्याउँदै बार्गेनिङ गर्ने पत्रकारको नाम केही दिनमै सार्वजनिक गर्ने […]

जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले आफूलाई धम्क्याउँदै बार्गेनिङ गर्ने पत्रकारको नाम केही दिनमै सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

जनकपुरधाम–८ स्थित पत्रकारको घर र प्रतिष्ठान उल्लेख गर्दै मन्त्री यादवले उक्त पत्रकारले पटकपटक बार्गेनिङ गर्ने कार्य गरिरहेको आरोप लगाएका छन् । उनले पिसीसी ढलान सडकलाई पिच सडकमा रूपान्तरण गर्न आफ्नैसँग बार्गेनिङ गरिरहेको दाबी गरेका छन् ।

स्थानीय एक संचार माध्यममा अन्तर्वार्ता दिँदै मन्त्री यादवले प्रमाणका आधारमा बोलेको बताएका छन् । उनले भनेका छन्, “मैले बार्गेनिङ गर्ने पत्रकारको आवाज मोबाइलमा रेकर्ड गरेको छु। हावादारी कुरा गर्दिन ।”

मन्त्री यादवले बार्गेनिङ प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै दोषीलाई सार्वजनिक रूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अब केही दिनमै नाम सार्वजनिक गर्ने उनको दाबी छ ।

Scroll to Top