ईप्रका दुहबी प्रमुख सई यादवको बिदाई, वरिष्ठ सई गौतमलाई स्वागत

Post Views: 6 जनकपुरधाम । ईलाका प्रहरी कार्यालय दुहबीका प्रमुख, प्रहरी नायव निरीक्षक रामकिशुन यादवलाई विदाई गरिएको छ । करिब […]

जनकपुरधाम । ईलाका प्रहरी कार्यालय दुहबीका प्रमुख, प्रहरी नायव निरीक्षक रामकिशुन यादवलाई विदाई गरिएको छ ।

करिब ६ महिना ईलाका प्रहरी कार्यालय दुहबीमा इन्चार्ज रहँदा प्रहरी नायव निरीक्षक रामकिशुन यादवले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे । विभिन्न मुद्दामा फरार रहेका प्रतिबादीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाएको छ । त्यस्तै १४ लाख बराबरको भन्सार छलिको समानहरु पक्राउ गरि बुझाएको स्थानियको मन मस्तिष्कमा बस्न सफल भई प्रहरी नायव निरीक्षक यादवले आफ्नो सफल कार्यकाल सफलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरि आज जिल्ला प्रहरी कार्यालय धनुषा जानुभएको छ ।

सोही कार्यक्रममा ईलाका प्रहरी कार्यालय दुहबीको नयाँ इन्चार्जको रुपमा आएका प्रहरी वरिष्ठ नायव निरीक्षक विजय गौतमलाई स्वागत गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट सरुवा भएर आएका हुन् ।

Scroll to Top